News

संसदिय छानविन समितिले फेला पारेन अर्थ मन्त्रालयको फुटेज

संसदिय छानविन समितिले फेला पारेन अर्थ मन्त्रालयको फुटेज

अर्थमन्त्रालयले जेठ १४ गते रातीको सीसीटीभी फुटेज फेला नपर्ने गरी डिलिट गरेको खुलेको छ। संसदिय छानविन समितिले मन्त्रालयसँग माग गर्दा फुटेज डिलिट भएको जानकारी दिएपछि फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर नै मगाएर छानविन सुरु गरेको थियो

तर, त्यसमा पनि फुटेज फेला नपरेको समितिका एक सदस्यले वताए । योसँगै सिसिटिभी फुटेज पत्ता नलाग्ने निष्कर्षमा समिति पुगेको छ। सफ्टवेवरमा केही पनि फेला नपरेको समितिका सदस्यहरुले वताए ।

यद्यपी रिकभर गर्ने प्रयास भने जारी रहेको उनीहरुले वताए । यी सबै प्रक्रिया सकेपछि अर्थमन्त्रीसँग सोधपुछ गरिने उनले जनाईएको छ। ‘समग्रमा अहिलेको परिस्थितिमा फुटेज नपाउने निष्कर्षमा हामी पुग्यौं।’

आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा बताइएको थियो। तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ।

यो विषयमा छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेपछि शर्माले राजिनामा दिएका छन् । 
 

विशेष