News

पत्रकार कुट्ने कर्मचारी पक्राउ नगर्न सिडिओलाई कुलमानको धम्की !

पत्रकार कुट्ने कर्मचारी पक्राउ नगर्न सिडिओलाई कुलमानको धम्की !

पत्रकारमाथि कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनका सिडिओलाई धम्क्याएका छन् ।

कार्यकारी निर्देशक घिसिङले फोन गरेर ‘कर्मचारीहरूलाई थुन्दा समस्या पर्न सक्छ है’ भन्दै धम्क्याएको सिििडओ अस्मान तामाङले ववताए । जिल्ला प्रशासन कार्यालय चितवनले वितरण केन्द्रका प्रमुख सिंह विरुद्ध आइतबार नै पक्राउ पुर्जी जारी गरेको छ।

यति मात्रै होईन, विद्युत् प्राधिकरणका कर्मचारीहरूले फोन गरेर ‘पक्राउ परेका कर्मचारीलाई रिहा नगरे विद्युत् लाइन काटिदिने’ धम्कीसमेत दिएको तामाङको भनाई छ। ‘हामीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं तर सकिएको छैन’– सिडिओ तामाङले भने ।

असार ३१ गते प्राधिकरणमा मदिरा पाटी भईरहेको सुचना पाएका पत्रकार कृष्ण आचार्य त्यहाँ फोटो खिच्न पुगेका थिए । सुचना अनुसार नै मदिरा पाटी चलिरहेको देखेपछि उनले तस्वीर खिचे। त्यसछि मदिराले लठ्ठ भएका कर्मचारीहरूले आचार्यलाई लछारपछार पारेर कुटपिट गरे। उनको साथमा रहेका दुईवटा मोबाइल सेट पनि उनीहरुले नियन्त्रणमा लिएका थिए। आफु भने भागेर ज्यान जोगाएको पत्रकार आचार्यले वताएका छन् ।

कार्यालयमा मदिरा पाटी गरेको र पत्रकारलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही दिन राति र भोलिपल्ट गरेर ७ जना कर्मचारीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। पत्रकार आचार्यको परिवारले भने कार्यालय प्रमुख सिंहकै निर्देशनमा कुटपिट गरिएको भन्दै उनीसहित ८ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेका थिए।

अभद्र व्यवहारको मुद्दा दर्ता भएपछि सिंहलाई पक्राउ गर्न पुर्जी जारी भएको छ। आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनको सम्पादक र सञ्चारपत्र दैनिकका प्रकाशक हुन्। उनी प्रेस चौतारी नेपाल चितवन शाखाका उपाध्यक्ष समेत हुन।

यो पनि,
प्रेस चौतारीका उपाध्यक्षलाई विद्युत कर्मचारीले कुटे

कुलमान घिसिङ राजिवकुमार सिंह

विशेष