News

प्रदेश १ का तीन ठुला अस्पतालले वन्द गरे स्वास्थ्य बिमा कार्यक्रम 

प्रदेश १ का तीन ठुला अस्पतालले वन्द गरे स्वास्थ्य बिमा कार्यक्रम 

प्रदेश १ का तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । स्वास्थ्य विमा कार्यक्रम वन्द गर्ने अस्पतालहरु प्रदेश १ का प्राय नाम चलेका र ठूला अस्पताल हुन।

साउन १ गते रातिबाट लागू हुने गरी विमा कार्यक्रम वन्द गरिएको जनाईएको छ। विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका हुन।

स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको जनाउँदै कार्यक्रम वन्द गरिएको छ। सरकारको नीतिका कारण कार्यक्रम स्थगित गरिएको अस्पतालहरुले वताएका छन् ।

सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ । 
 

स्वास्थ्य बिमा

विशेष