News मोडेल वाच

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न १० जनाको मारामार

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न १० जनाको मारामार

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न १० जनाको मारामार सुरु भएको छ। जसमा नायक भुवन केसी पनि सहभागि भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका १० जना उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची बाहिर ल्याएको हो ।

उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो । तर मन्त्रालयको सूचीमा केसीको नाम पनि प्रतिस्पर्धामा सामेल छ।

सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की अध्यक्ष वन्ने दौडमा छन् ।

उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिंदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि सूचनामा उल्लेख छ । 
 

विशेष