News

झुक्याउने प्रयास असफल भएपछि अर्थमन्त्रालयले भन्यो– फुटेज छैन

झुक्याउने प्रयास असफल भएपछि अर्थमन्त्रालयले भन्यो– फुटेज छैन

दुई पटकसम्म जेठको भन्दै असारको सीसीटीभी फुटेज पठाएर संसदिय समितिलाई झुक्याउन खोजेको अर्थमन्त्रालयले तेस्रो पटक भने फुटेज नै नभएको भन्दै जवाफ दिएको छ।

अर्थमन्त्रीले विचौलिया प्रयोग गरेर वजेट चलाएको विषयमा छानविन गर्न गठित संसदिय समितिलाई जेठ महिनाको फुटेज माग्दा मन्त्रालये दुई पटक सम्म असारको फुटेज पठाएर झुक्याउन खोजेको थियो।

फुटेज नै छैन भन्दै जवाफ पाएपछि समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर नै मगाएको छ। समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको समितिका एक सांसदले बताए।

आइतबार समितिको टोली अर्थ मन्त्रालय जाँदा अर्थका प्राविधिकहरूले फुटेज नभएको जानकारी दिएका थिए। ‘पटक–पटक हामीसँग क्षमता छैन भन्नेबाहेक प्राविधिकले केही जवाफ दिएनन्। उनीहरूले केही जवाफ नदिएपछि हामीले सफ्टवेयर मगाएका हौं। अहिलेसम्म डिलिट गरिसके अथवा नदिएका हुन् भनेर हामीले हेर्दैछौं’ उनले भने–‘१२ देखि १५ दिनभन्दा धेरै समयको फुटेज राख्ने क्षमता छैन भनेर समेत भनेका छन्।’

गृह मन्त्रालयको नियमावलीमा तीन महिनासम्म सिसिटिभी फुटेज राख्नुपर्ने प्रावधान भए पनि अर्थले त्यस अनुसार राख्ने नगरेको समितिका अर्का एक सांसदले बताए। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आइतबार छलफल गरेको हो।

समितिले शनिबारदेखि अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ। समिति वनेसँगै पूर्वअर्थमन्त्री शर्माले राजीनामा दिएका छ।

यो पनि,

अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा

संसदिय समिति

विशेष