News

वडाध्यक्षलाई स्विमिङ पुलमा चोबल्ने डिएसपी विरुद्ध आन्दोलन

वडाध्यक्षलाई स्विमिङ पुलमा चोबल्ने डिएसपी विरुद्ध आन्दोलन

रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्वीमिङ पुलमा चोबल्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसी विरुद्ध आन्दोलन सुरु भएको छ। राष्ट्रिय युवा संघको नेतृत्वमा डिएसपी केसीलाई कारवाहीको माग गर्दै आन्दोलन सुरु भएको हो।

तिलोत्तमा नगरपालिकाको १२ नगरसभा बैठकमा विवाद हुँदा आईतवार प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा वडाध्यक्ष क्षेत्रीलाई डिएसपी केसीले तान्दै लगेर स्विमिङ पुलमा हुत्याएका थिए । मणिग्राम पार्टी प्यालेसमा भईरहेको नगरसभा वैठकमा विवाद वढ्दै गएपछि डिएसपी केसीले क्षेत्रीलाई पानीमा धकेलेपछि विवादले चर्को रूप लिएको छ । उक्त भिडियो सामाजिक संचालमा समेत अपलोड भएको छ।

नगरसभामा आफूहरूलाई हाजिर गर्न नदिएको तथा प्रहरी प्रशासनको बलमा धरपकड गरिएको एमालेका जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । मेयर रामकृष्ण खाणले दाजु बालकृष्ण खाँण गृहमन्त्री भएको उनुचित फाईदा उठाएको एमाले जनप्रतिनिधिको आरोप छ।

मेयरले प्रशासनको दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कांग्रेसको कार्यकर्ता बनेर नगरपालिकालाई पार्टी कार्यालयजस्तै बनाएको र खाणकै योजनामा बुटवल आएका डीएसपी केसीले जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले विरोध गरिरहेका छन् ।

डीएसपी केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेकाले कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइने एमाले नेताले वताए । 

बजेट पास गर्ने विषयमा कांग्रेसबाट निर्वाचित मेयर खाण तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीको टसल परिरहेको छ। नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा भएपछि मेयरले नगरसभा स्थगित गर्दै आएका छन् । 

यो पनि,
नगरसभामा विवाद हुँदा डिएसपीले वडाध्यक्षलाई स्विमिङ पुलमा पछारेपछि...

विशेष