डिएसपीले वडाध्यक्षलाई पानीमा घोक्र्याएको विषयमा एमालेले माग्यो गृहमन्त्रीको जवाफ
![डिएसपीले वडाध्यक्षलाई पानीमा घोक्र्याएको विषयमा एमालेले माग्यो गृहमन्त्रीको जवाफ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/tilotama.jpg)
रुपन्देहीको तिलोत्तममा नगरपालिकामा डिएसपीले वडाध्यक्षलाई घोक्र्याएर पानीमा चोबलेको विषय राष्ट्रिय सभामा प्रवेश गरेको छ। नेकपा एमालेका सांसद खिमलाल भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाएका हुन् । ‘गृहमन्त्रीज्यू, जनप्रतिनिधिलाई घोक्र्याएर पोखरीमा चोबल्नु लोकतन्त्र हो ?’ भन्दै उनले प्रश्न गरे।
गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो भाइ मेयर भएको तिलोत्तममा नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोप समेत भट्टराईले लगाए । वडा ध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न पनि उनको माग छ । उलने ‘प्रहरीको शासन चलाउन खोजेको हो ?’ भन्दै प्रश्न गरे भने जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए ।
‘कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्र्याएर पोखरीमा चोबल्ने डीएसपी कारबाहीमा पर्छ कि पर्दैनन् ? हामी हेर्न चाहन्छौँ । र गृहमन्त्रीले के भन्नुहुन्छ ?’ उनले भने–‘त्यो सबै उहाँको भाइ मेयर भएको ठाउँको विषयमा उहाँ के भन्नुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । कसरी उहाँले यो लोकतन्त्रलाई अगाडि बढाउन चाहनुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु।’
यो पनि,
- वडाध्यक्षलाई स्विमिङ पुलमा चोबल्ने डिएसपी विरुद्ध आन्दोलन
- नगरसभामा विवाद हुँदा डिएसपीले वडाध्यक्षलाई स्विमिङ पुलमा पछारेपछि...