News

पूर्वराज्यमन्त्री वली विरुद्धको उजुरीमा प्रहरीको ढिलासुस्ती, सुरु भएन कारवाही

पूर्वराज्यमन्त्री वली विरुद्धको उजुरीमा प्रहरीको ढिलासुस्ती, सुरु भएन कारवाही

दाङको तुलसीपुर उपमहानगरपालिका–५, बसपार्क निवासी वाईसीएल कार्यकर्ता एकराज बस्नेतकी श्रीमती २७ वर्षीया मिना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली विरुद्ध दिएको जाहेरीमा प्रहरीले अझै सुनुवाई गरेको छैन।

दाङको तुलसीपुर उपमहानगरपालिका–५, बसपार्क निवासी वाईसीएल कार्यकर्ता एकराज बस्नेतकी श्रीमती २७ वर्षीया मिना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली विरुद्ध दिएको जाहेरीमा प्रहरीले अझै सुनुवाई गरेको छैन।

वली विरुद्ध ३१ जेठमा इलाका प्रहरी कार्यालय तुलसरीपुरमा ‘अभद्र व्यवहार’मा उजुरी परेको थियो। इलाकाले उक्त उजुरी जिल्ला प्रहरी कार्यालय घोराही पठाउने जनाएको थियो। तर, हालसम्म पनि प्रहरीले त्यो उजुरीका विषयमा कारवाही सुरु गरेको छैन। प्रहरीले उक्त उजुरी दर्ता भए÷नभएको विषय समेत खुलाएको छैन।

वलीले जेठ ३१ गते बिहान श्रीमान् एकराज बस्नेत नभएको मौका पारेर घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई थप्पड हानेको, दराजमा भएका कपडा निकालेर च्यातचुत पारेको र अभद्र व्यवहार गरेको भन्दै मिनाले उजुरी दिएकी थिएन। 

प्रदेश सरकारले वली विरुद्ध छानविन गर्न समिति वनाएकाले समितिको प्रतिवेदन आएपछि मात्र थप प्रक्रिया अघि बढाउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

सुरक्षा गार्डसहित एकराजको घरमा पसेर वलीले उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने ईलाका प्रहरी कार्यालय तुलसीपुरले वलीलाई नियन्त्रणमा लिएको थियो। 

वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा दाङबाट बुटवलमा पुर्याई नाटकिय रुपमा जेठष् ३१ गते राती नै अस्पताल भर्ना गरिएको थियो। प्रहरी हिरासतमै रहेकी वली केही दिन लुम्बिनी प्रादेशिक अस्पतालमा वसेपछि डिस्चार्ज भएर फर्केकी थिईन।

लुम्बिनी प्रदेश सरकारले वलिको विषयमा छानविन गर्न असार १ गते आन्तरिक मामिला मन्त्री तिलकराम शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् ।

टोलीलार्ई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश भएपनि अझै प्रतिवेदन वुझाएको छैन। अझै केही विषय बुझ्नु पर्ने भएकोले प्रतिवेदन बुझाउन ढिलाइ भएको समितिका एक सदस्यले बताए। समितिको म्यादको थपका लागि मौखिक रूपमा मुख्यमन्त्रीबाट अनुमति पाएको जनाईएको छ।

राज्यमन्त्री वलीले पदबाट दिएको राजीनामा असार १२ गते स्विकृत भएको मुख्यमन्त्री केसीले जानकारी दिएका छन्। 

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा ०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।
 

विमला खत्री वली

विशेष