पानी ट्यांकीमा डुबेर दुई जना बालबालिकाको मृत्यु
![पानी ट्यांकीमा डुबेर दुई जना बालबालिकाको मृत्यु](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/dullu.jpg)
दैलेखको दुल्लु नगरपालिका–३ सियालामा पानी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
कर्णाली– कोटाछाल– दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।
सोमबार बेलुका उनीहरू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।