News

प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दुको नाम फाईनल

प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दुको नाम फाईनल

नेपाली कांग्रेस आबद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन साउन ६ र ७ गते हेटौडामा बोलाईएको छ। महाधिवेशनका लागि उमेद्वारहरुले नाम घोषणा गर्ने क्रम जारी छ।

यसैक्रममा नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार बन्ने निश्चित भएको छ । संस्थापन पक्षबाट अध्यक्षका आधा दर्जन आकांक्षीहरूमध्ये अन्तिममा पाँच सदस्यीय कार्यदलले मंगलबार अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो ।

कार्यदलमा युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्साल छन् । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि अनितालाई अध्यक्षको रुपमा अगाडि वढाईएको हो।

कार्यदलले अनितालाई ग्रिन सिग्नल दिएको छ । नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता विन्दु नेपाल टेलिभिजनमा कार्यरत छिन् । 
 

विशेष