News

कार्यालय नै नआउने कर्मचारीलाई एकमुष्ट हाजिर गराएर तलव !

कार्यालय नै नआउने कर्मचारीलाई एकमुष्ट हाजिर गराएर तलव !

धनुषाको बटेश्वर गाउँपालिकाका एक जना करारका कर्मचारीले एकै दिन तिन महिनाको हाजिर गरेर तलवभत्ता वुझेका छन् । उनलाई घरमैमा राखेर तलव खुवाउने चै प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी हुन।

रौतहट घर भएका शौरभ कुशवाहालाई जोशीले एकैदिन तीन महिनाको हाजिर गराएर तलव खुवाएको जनाईएको छ। उनी करारमा नियुक्त गरिएका इन्जिनियर हुन। इन्जिनियर कुशवाहा प्राय कार्यलय आउँदैनन। तर, प्रशासकीय अधिकृत जोशीले एकैदिन तीन महिनाको हाजिर गराई तलब खुवाएको भन्दै जनप्रतिनिधि पनि रुष्ट छन् ।

गाउँपालिका अध्यक्ष राम अशिष महतोले पनि इन्जिनियर कुसवाहलाई कहिल्यै कार्यालयमा नदेखेको वताए । तर, तीन महिनाको हाजिरी रजिस्टरमा देखिएको उनले स्विकार गरे। शौरभलाई जोशीले तीन÷चार महिनामा एकैपटक हाजिरी गराई तलब खुवाउने गरेको कार्यालय स्रोतको दाबी छ।

अधिकृत सुमन पुरीले भने कुशवाह कार्यालय वाहिरै रहने र बाहिर फिल्डमै काम गर्ने भएकाले छुटेको वेलाको तलव दिएको जनाए । 

जोशी बटेश्वर गाउँपालिकामा एक वर्षअघि हाजिर भएपछि तत्कालीन गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीलाई प्रभावमा पारेर गोप्य रुपमा काम गराउन केही कर्मचारी करारमा भर्ना गरी सेटिङमा दर्जनौँ योजनाको कोटेसन तथा टेन्डर गरी काम गराउने गरेका छन्।

कार्यालयमा आफू अनुकुल काम नगर्ने दरबन्दीका कर्मचारीलाई मतलब नगरी करारका कर्मचारीबाट काम गराउने गरेका छन्। 

बर्दिबासमा अघोषित कार्यालय सञ्चालन गरी जोशीले आफू आएदेखिको कार्यालयका थुप्रै कागजात लगेका छन्।

असार २९ गते उनलाई गाउँपालिकाका कर्मचारीहरुले नै कुटपिट गरेका थिए ।
 

बटेश्वर गाउँपालिका

विशेष