News

के माओवादी केन्द्रमै फर्कदैछन बाबुराम, १ घण्टाको छलफलमा के भयो सहमती ?

के माओवादी केन्द्रमै फर्कदैछन बाबुराम, १ घण्टाको छलफलमा के भयो सहमती ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहिलेकाही माओवादीभित्र ठूलो एकता हुन लागेको बताउँछन्। परिवर्तनको मुख्य बाहक माओवादीलाई बलियो बनाउनका लागि छरिएर रहेका माओवादी एक हुनुपर्ने उनको धारणा छ।

उनको यही भनाई लगत्तै दाहाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच मंगलबार एक घण्टा भन्दा बढी छलफल भएको छ। नयाँ पार्टी गठनको तयारीमा रहेका भट्टराईले सोही मेसोमा दाहालसँग भेट गरेका हुन। 

पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराई जसपा पुनर्गठनको अभियानमा लागेका छन् । उनले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दाहालसँग छलफल गरेको जनाईएको छ।

भट्टराईलाई माओवादी पार्टीभित्र ल्याउनुपर्ने एकथरी नेताहरुले प्रस्ताव गरेका छन् भने भट्टराई माओवादी केन्द्रमै मिसिन तयार छैनन्। उनले नाम परिवर्तन भए सोच्न सकिने बताएका छन्। समाजवादी केन्द्र बनाउने उनको प्रस्तावमा दाहाल पनि सकारात्मक रहेको बताइएको थियो।

यसअघि पनि भट्टराई र दाहालका विचमा पटक पटक छलफल हुँदै आएका छन् । उनीहरुले उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा मात्रै दुई चरण छलफल गरेका थिए । त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो।

विशेष