News

जोरपाटीमा बोरिङ खन्दा ग्याँस भेटियो

जोरपाटीमा बोरिङ खन्दा ग्याँस भेटियो

काठमाडौंको जोरपाटीमा पानी खोज्दा ग्याँस फेला परेको छ। जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । 

३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित पानी र ग्यास निस्किएको स्थानीयले जानकारी दिए । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उनीहरुले वताए ।

ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको र ग्यासकै गन्ध फैलिएको स्थानीय निर्मल अर्यालले वताए । खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई वास्तविकता पत्ता लगाउनका बोलाइएको छ । प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ ।
 

विशेष