News

ओली भन्छन्– माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी होईन

ओली भन्छन्– माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी होईन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको नेतृत्वमा सरकारमा रहेका दलहरु वामपन्थी दल हुनै नसक्ने दावी गरेका छन्। माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी नहुने उनको भनाई छ।

बुधवार एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले तत्कालीन नेकपामा आफूले दिएको शक्ति लिएर आफैलाई सडकमा पु¥याएको र कारबाही गरिएको स्मरण गर्दै कांग्रेस नेतृत्वको सरकारमा रहेका माओवादी र एकिकृत समाजवादी वामपन्थी दल नभएको जिकिर गरे।

उनले भने– ‘हामीले दिएको तागत लिएर, एकता गर्दा मैले दिएको तागत लिएर हामीलाई सडकमा पु¥याएको होइन ? भविष्यमा समेत अयोग्य हुने गरी कारबाही गर्नेहरू होइनन् ? हामीले दिएको संख्या दुरुपयोग गरेर।’

एमालेसँग गठबन्धन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन छोड्नुपर्ने ओलीको सर्त थियो । ‘कोही वामपन्थी भए गठबन्धन गर्न एमाले तयार छ । त्यसका लागि गठबन्धन छोडेर आउनुपर्छ।’ उनले भन।

तर, उनीहरू एमालेसँग गठबन्धन गर्न आउनेमा आफू विश्वस्त नभएको उनको भनाइ थियो । एमालेका आफ्नै कार्यकर्ता अर्को दललाई भोट हालिरहेको अवस्थामा पार्टी फुटाएर, सरकार ढलाएर जानेहरू आउनेमा आफूलाई विश्वास नभएको उनले वताए । ‘देश बनाउने कुरामा यी आउलान्, लाग्लान् भन्ने विश्वास छैन’ उनले भने–‘यहाँ आफ्नै साथीहरू त अर्कालाई भोट दिन कुदिराख्या बेलामा त्यस्ताको के विश्वास गर्नु ।’
 

विशेष