News

छानबिन समितिले बयानका लागि बोलाउँदा गएनन् जनार्दन शर्मा

छानबिन समितिले बयानका लागि बोलाउँदा गएनन् जनार्दन शर्मा

बजेटमा चलखेल गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले छानविन समितिले बयानका लागि बोलाउँदा समेत अटेर गरेका छन् ।

समितिले शर्मालाई बुधवार ३ बजे बयानका लागि बोलाएको थियो। तर, उनी ४ बजेसम्म पनि उपस्थित नभएपछि बयान लिने क्रम अधुरै रहेको जनाईएको छ। उनको बयान अव विहिवार मात्रै हुने समितिका एक सदस्यले बताए ।

बैठकमा ढिलाइ भएको र सांसद बैठक चलिरहेकाले शर्मा आउन नसकेको जनाईएको छ। समितिले यो प्रकरणमा अर्थ मन्त्रालयका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेसँग पनि बयान लिने तयारी गरेको थियो। शर्मापछि घिमिरेको बयान लिने योजना बनाएको समितिले शर्मा नै उपस्थित नभएपछि घिमिरेलाई पनि भोली नै बोलाउने योजना बनाएको छ।

यता, बजेट र अर्थमन्त्रीबारे समाचार लेख्ने पत्रकार भने उपस्थित भएका छन् । अन्नपूर्ण पोष्टका दुई रिपोर्टर ३ बजे नै बयानका लागि सिंहदरबार पुगेको जनाईएको छ। अन्नपूर्ण पोष्टको समाचार अनुसार पूर्वनासु रघुनाथलाई विज्ञ भन्दै अर्थमन्त्रालयमा घुसपैठ गराएर तत्कालीन अर्थमन्त्री शर्माले बजेटमा करका दर हेरफेर गराएका थिए ।
 

जनार्दन शर्मा छानविन समिति

विशेष