News

पोखराका मेयरले ३० वर्षमै कसरी कमाए ४४ करोड ?

पोखराका मेयरले ३० वर्षमै कसरी कमाए ४४ करोड ?

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुर्ख्यौली बाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेको उल्लेख गर्दै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

उनले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा पोखरा महानगरपालिका–९ मा २८९ वर्गमिटर जग्गामा उनको ९ करोड ३५ लाख रुपैयाँ वरावरको दुईवटा घर छ ।

श्रीमतीकै नाममा काठमाडौं सीता पाइलामा ९२५ वर्गफिटको २ कित्ता जग्गामा १ करोड ८५ लाख मुल्य वरावरेको  घर पोखरा महानगरपालिका–११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर छ। आफनो नाममा रहेका जग्गा र घरको मूल्य ३ करोड ५० रुपैयाँ पर्ने विवरणमा उनले उल्लेख गरेका छन् ।

दोलखामा पनि ८७ लाख रुपैयाँ वरावरको ५८ रोपनी ७ आना जग्गा रहेको मेयर आचार्यले खुलाएका छन् ।

नगद र बैंक मौज्दात गरी १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । 

मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर छ ।

२ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको उनले खुलाएका छन् । टोयटा ¥याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एक वटा र ३ वटा स्कुटर आफूसँग रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् । यस्तै उनीसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी छ।

जम्माजम्मी ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् । ०४९ सालमा सानो लगानीमा पोखरा महानगरपालिका–१ बगर पृथ्वीनारायण क्याम्पसको गेटबाहिर प्रोभिजनल स्टोर्सबाट व्यवसाय सुरु गरेका मेयर आचार्य ३० वर्षपछि करोडौंको मालिक बनेका छन् ।

प्रोभिजनल स्टोर्स, हेलो स्टेशनरी, युनाइटेड पब्लिकेसन हुँदै व्यवसायमा अघि बढेका आचार्यसँग अहिले जलविद्युत, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज, मल उद्योग, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटी जस्ता साना ठूला २ दर्जन व्यावसायिक प्रतिष्ठानको स्वामित्व छ ।
 

पोखरा महानगरपालिका धनराज आचार्य

विशेष