News

११ वर्षिय बालकलाई मरणासन्न हुने गरी कुट्ने प्रिन्सिपल फरार

११ वर्षिय बालकलाई मरणासन्न हुने गरी कुट्ने प्रिन्सिपल फरार

पाँच कक्षामा पढ्ने विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जन फरार भएका छन् ।

विद्यार्थी कुटपिट गरेर विभिन्न प्रलोभन देखाई घट्नालाई गुपचुप वनाएको विषयमा समाचार प्रकाशित भएपछि उनलाई नगरपालिकाले लिखित स्पष्टीकरण सोधेको थियो। तर, उनले स्पष्टिकरणको जवाफ पठाएका छैनन्।

सो विषयमा ताकेता गर्न फोनबाट सम्पर्क गर्न खोज्द प्रिन्सिपल महर्जन र भाइस प्रिन्सिपल दुबै जनाको मोबाइल स्वीच अफ रहेको नगरपालिकाले जनाएको छ ।

यस विषयमा मानव अधिकार आयोगले पनि नगरपालिकासँग जानकारी मागेको छ। राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु भएको वताएका छन् ।

बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पु-याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानि कारवाही गर्ने उल्लेख छ।

महर्जनले ११ वर्षिय बालकलाई निर्घात कुटपिट गरेको घट्ना सार्वजनिक भएपछि छाकछोप गर्न परिवारका सदस्यलाई धम्क्याउने र प्रलोभन दिने गरेका थिए । केही दिन अघि एक शिक्षिकासँग ‘मुख लागेको’ भन्दै उनलाई फलामको स्केलले कुटपिट गरिएको थियो।

फुपुको घरमा वसेर पढिरेहका ति बालकलाई निर्घात कुटपिट गरी घाईते वनाएपछि परिवारका सदस्यले प्रिन्सिपल विरुद्ध महानगरीय प्रहरी बृत्त चापागाउँमा निवेदन दिएका थिए । तर, उनीहरु प्रहरीमा पुगेको जानकारी पाएपछि प्रिन्सिपलले प्रहरीमा दवाव श्रृजना गरेर उजुरी दर्ता हुन समेत दिएका थिएनन्।

प्रहरीले पीडित परिवारलाई विभिन्न वहाना वनाएर शुक्रवारदेखि आईतवार साँझसम्म झुलाएर राखेको थियो। पीडितले मिडिया गुहार्ने वताएपछि प्रहरीले तेश्रो दिन प्रिन्सिपललाई बोलाएर छलफल गराएको थियो।

कांग्रेसका नेता समेत रहेका प्रिन्सिपल महर्जनले १० कक्षासम्म निशुल्क पढाई दिने कागज बनाएर घट्नाबाट जोगिने प्रयास गरेका थिए । तर, घट्ना सार्वजनिक भएपछि उनी फरार रहेको वताईएको छ। 

यो पनि,
कांग्रेसका नेता ‘प्रिन्सिपल’ ले विद्यार्थीलाई गोरु कुटे झैं कुटे

विशेष