तातो हावा चलेपछि स्पेन र पोर्चुगलमा मात्रै एक सातामा १७ सय वढिको मृत्यु
![तातो हावा चलेपछि स्पेन र पोर्चुगलमा मात्रै एक सातामा १७ सय वढिको मृत्यु](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/tato-hawa.jpg)
विगत केही सातादेखिको उच्च तापक्रमले युरोपियन देशहरु संकटमा परेका छन् । सुख्खा मौसमका कारण फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ ।
तातो हावाल चल्दा स्पेन र पोर्चुगलमा मात्रै एक सातामा १ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ। तातो हावा चलेका कारण मृत्यु हुनेहरुको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ ।
मुत्यु हुनेहरुको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ । स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भैसकेको छ ।
पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् । तातो हावाको वहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ ।
ती देशहरुमा समेत उच्च तापक्रमले कीर्तिमान बनाएको छ । जसले हजारौं मानिसको जीवन जोखिममा पारेको छ । डढेलोका कारण हजारौं मानिस घर छाड्न बाध्य भएको जनाईएको छ।