News

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन उदघाटन

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन उदघाटन

भारतीय सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा निर्मित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन उदघाटन गरिएको छ।

भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले मंगलबार संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्। 

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाख रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण गरिएको हो।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्ये यो परियोजना पनि एक हो।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदार संस्थाको रुपमा रहेको यस संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ।

त्यस्तै यस इन्स्टिच्यूटले काठमाडौँ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ।

यस इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको संस्थाले जनाएको छ, जसमध्ये ३० प्रतिशत छात्रा छन्।
 

विशेष