News

झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट

झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट

झापाको झापा गाउँपालिका–५ सिमलडाँगीमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।

स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरमा समेत आगो सल्केर क्षती भएको हो। टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

फाईल फोटो।

आगलागी

विशेष