News राजनीति

भावी प्रधानमन्त्रीको लाईनमा आरजु, प्रचण्डसँग यसरी हुँदैछ सहमति

भावी प्रधानमन्त्रीको लाईनमा आरजु, प्रचण्डसँग यसरी हुँदैछ सहमति

केही दिनअघि तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लगातार दुई पटक भेटवार्ता गरेपछि प्रधानमन्त्री पत्नी एवम् नेपाली कांग्रेसकी नेतृ आरजु देउवा निकै चर्चामा छन् ।

दिल्लीमा प्रचण्डसँग भएको भेटपछि आरजु देउवालाई भावी प्रधानमन्त्री बनाउने तयारी भइरहेको विषयमा चर्चा भईरहेको छ। कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) पनि प्रधानमन्त्रीमा आरजु देउवाको नाम आउनुलाई स्वाभाविक मान्छिन्। ‘चुनाव जितेर आएपछि संसदीय दलको नेता भएपछि मात्रै प्रधानमन्त्रीको दाबेदार हुन पाइन्छ। त्यो प्रक्रियामा जो पनि हुनसक्छ’ उनी भन्छिन्–‘म यो वा त्यो व्यक्ति भन्दिन। नेपाली कांग्रेस प्रथम पार्टी भएपछि कांग्रेसबाटै प्रधानमन्त्री बन्ने छन् भन्ने मेरो विश्वास छ।’

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले पनि दिल्लीमा प्रचण्ड र आरजु राणाबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको कुरा बताएका छन् । झलनाथ खनाल, माधव नेपाल र रामचन्द्र पौडेललाई राष्ट्रपतिको घाँस हाल्ने तर आफै राष्ट्रपति बनेर मुलुक आफ्नो परिवारको कब्जामा राख्ने शेरबहादुर देउवाको रणनीति रहेको उनले वताएका थिए ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा बोल्दै उनले दिल्ली बार्ताले आलोपालो प्रधानमन्त्री वनाउने विषयमा सहमति वनेको कुरा वाहिर आएको दावी गरे। भावी सरकारको नेतृत्वबारे पुष्पकमल दाहालको अभिव्यक्तिले पनि यो विषयलाई पुष्टि गर्ने राजनीतिक विश्लेषकहरु वताउँछन्।

उनले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा आलोपालोबारे ‘एउटा विन्दुमा पक्कै छलफल हुन्छ भन्ने विश्वास’ व्यक्त गर्दै नेतृत्वमा साझेदारी खोज्ने संकेत गरेका छन् ।

पुष्पकमल दाहाल आरजु देउवा

विशेष