News अपराध सुरक्षा

विराटनगरबाट अपहरित १ वर्षिया बालिकाको भारतको दरभंगाबाट उद्वार

विराटनगरबाट अपहरित १ वर्षिया बालिकाको भारतको दरभंगाबाट उद्वार

मोरङको विराटनगर–१२, रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिकालाई प्रहरीले मंगलवार भारतको बिहार स्थित दरभंगाबाट उद्वार गरेको छ।

अपहरणकारीले दिपेन्द्र यादवकी छोरी १ वर्षिया निकिसाको अपहरण गरेका थिए । जानकारी अनुसार अन्जली साहले दिपेन्द्रलाई छोरीसहित रोडसेस चोकमा भेट्न वोलाएकी थिईन। सोही समयमा अन्जलीले बालिकालाई लिएर हिडेको पाईएको छ।

दिपेन्द्रले छोरी अपहरणमा परेको जानकारी गराएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति ति बालिकाको उद्वारा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताए ।

विराटनगरबाट बालिकालाई लिएर जाने अन्जली साहलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा उनले राजविराजको सीमा क्षेत्रमा लगेर बालिकालाई अर्कै व्यक्तिको जिम्मा लगाएको बताएकी थिईन।

राजविराजबाट बालिकालाई जिम्मा लिएका व्यक्तिले उनलाई दरभंगा पुर्याएको पत्ता लागेको थियो । बालिकालाई अपहरण गरेपनि उनीहरुले फिरौती माग्न पाएका थिएनन् । त्यो भन्दा अगाडिनै प्रहरीले मुख्य ब्यक्ति नियन्त्रणमा लिन सफल भएकाले उनीहरुको योजना पुरा हुन नपाएको प्रहरीले जनाएको छ।
 

अपहरण

विशेष