News विदेश

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित, आफनै पार्टीका दलसलाई हराए

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित, आफनै पार्टीका दलसलाई हराए

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन।

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्मा मतदान भएको हो । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ । श्रीलंकाली संसद्मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी हो । त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) का ५४ सांसद रहेका छन् ।

आर्थिक संकटका कारण लगातार विरोध भएपछि देश छोडेका तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ । 

श्रीलंकामा विरोध प्रदर्शन बढ्दै गएपछि राजापाक्षले विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए । प्रदर्शनकारीहरुले विक्रमासिंघेले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। यसअघि उनी ५ पटक श्रीलंकाको प्रधानमन्त्री भएका थिए।

विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ ।
 

विशेष