News

दाजुको मृत्युपछि भाउजुलाई बनाए श्रीमती, उनकै हत्या आरोपमा पक्राउ परे तिल्का

दाजुको मृत्युपछि भाउजुलाई बनाए श्रीमती, उनकै हत्या आरोपमा पक्राउ परे तिल्का

श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले मोरङको रंगेली नगरपालिका–१, बिर्ता बजारका २३ वर्षिय तिल्ला मल्लिकलाई शनिवार पक्राउ गरेको छ। ५ वर्षअघि दाजुको मृत्युपछि भाउजु बबिता मण्डललाई तिल्काले श्रीमती सकारेका थिए।

गए राती आफनै घरमा भएको आगलागीमा परी ३१ वर्षिया बविताको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते बबिताको उपचारका क्रममा आज बिहान ६ बजे विराटनगरको कोसी अस्पतालमा मृत्यु हो ।

प्रहरीले बबितालाई उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको हुन सक्ने आशंका गरेको छ। सोधपुछका लागि प्रहरीले बबिताका श्रीमान् तिल्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ परेका तिल्का र बबिताको बीचमा खाना खाने समय राति करिव पौने १० वजे विवाद भएको पाईएको छ। विवादकै क्रममा एक्कासि घरमा आगो लागेको र आगो निभाउनुको साटो तिल्का भागेर केही पर पुगेकाले घटना शंकास्पद देखिएको मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठले बताए।

घटनाबारे अनुसन्धान थालिएको श्रेष्ठको भनाई छ। 

विशेष