News विदेश

विदेश मन्त्रालयले खोल्यो मोदीले प्रचण्डलाई भेट नदिनुको भेद

विदेश मन्त्रालयले खोल्यो मोदीले प्रचण्डलाई भेट नदिनुको भेद

भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट नदिएको विषयमा टिकाटिप्पणी हुन थालेपछि भारतीय विदेश मन्त्रालयले त्यस विषयमा प्रष्टिकरण दिएको छ।

विदेश मन्त्रालयले दाहालको हालै सम्पन्न भारत भ्रमण भारतीय जनता पार्टी र माओवादी केन्द्रबीचको छलफलको पाटोको रुपमा भएको जनाएको छ। 


नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने– ‘हो, प्रचण्ड यहाँ आएका थिए। भ्रमणमा के कुराकानी भए भन्ने मैले टिप्पणी गर्नसक्ने अवस्थामा छैन। यो दुई राजनीतिक दलबीचको भ्रमण आदानप्रदान हो। हाम्रा विदेशमन्त्रीसँग पनि उनको भेट भयो। प्रचण्ड भाजपा कार्यालय पुग्दा विदेशमन्त्री पनि पुगेका थिए।’ 

भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता बागचीले भ्रमणमा द्विपक्षीय मुद्दामा पनि छलफल भएको बताए। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत गएका दाहालले असार ३१ गतेदेखि साउन १ गतेसम्म तीन दिने भ्रमण गरेका थिए। 

दाहालले विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार र भाजपा अध्यक्ष नड्डासँग बेग्लाबेग्लै भेट गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने प्रयास भने असफल भएको थियो। भेट्ने समय तय भएपनि अन्तिम समयमा रद्द भएको थियो।

भ्रमण सकेर स्वदेश फर्कने क्रममा उनले आफूलाई भारतले प्रधानमन्त्री भएर भारत जाँदाको जस्तै सम्मान दिएको बताएका थिए। मोदीसँग भेट नभएपनि आफूलाई कुनै तनाव नरहेको उनको भनाई थियो।

विशेष