News

पहिलो आदिवासी महिला द्रौपती मुर्मू बनिन् भारतको १५औं राष्ट्रपति

पहिलो आदिवासी महिला द्रौपती मुर्मू बनिन् भारतको १५औं राष्ट्रपति

द्रौपती मुर्मू भारतको १५औं राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मुल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मुल्य कटाएकी थिइन् ।

उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जितका लागि बधाइ दिएका छन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन् ।

आदिवासी समुदायबाट भारतको राष्ट्रपति बन्ने द्रौपदी मुर्मू पहिलो व्यक्ति हुन। यसैगरी, उनी भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने दोस्रो महिला हुन् । भाजपाले आदिवासी समुदायबाट त्यसमाथि महिलालाई अघि सारेपछि विपक्षी दलहरुलाई अप्ठ्यारो परेको थियो ।

मुर्मूको उम्मेदवारीले विपक्षी दलमा एकजुट्ता पनि कायम रहन सकेन । विपक्षी गठबन्धनमा रहेका कतिपय दलले मुर्मूलाई खुलेर साथ दिन पुगे भने धेरै क्रस भोट पनि उनको पक्षमा भयो । विपक्षी गठबन्धनबाट आफ्नै दलबाट उम्मेदवार बनाएका तृणमुल कांग्रेसलाई पनि मुर्मूको उम्मेदवारीले अप्ठ्यारो बनाएको थियो । आदिवासी उम्मेदवारको विरोधमा लाग्न स्वयं तृणमुल कांग्रेसका अध्यक्ष ममता बनजीलाई समस्या परेको थियो । उनले आफ्ना उम्मेदवार सिन्हालाई पश्चिम बंगालमा चुनावी प्रचारका लागि आउनैमा रोक लगाइन् । 

मुर्मुले आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन् । सर्वोच्च अदालतका मुख्यन्यायाधीशबाट उनले शपथ लिने छिन् । भाजपाले यसअघि दलित समुदायकै कोविंद र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो । 

द्रौपती मुर्मू

विशेष