मन्त्रीबाट हटेको तनाव कम गर्न जिप लाईनमा झुण्डिन पुगिन झाँक्री

निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्री शनिवार रमाईलो गर्न छोरासहित जिप लाईनमा पुगेकी छिन्। मन्त्रीबाट हटेको एक सातासम्म पनि सरकारी क्वाटर नछोडेको भन्दै आलोचना भईरहेका वेला उनी भने रमाईलो गर्न हिडेकी हुन।
जिप लाईनमा झुण्डिएको फोटो र भिडियो उनले फेसवुकमा शेयर गरेकी छिन् । उनी जिप लाईमा देखिएपछि कतिपयले मन्त्री छोड्नु परेको तनाव कम गर्न रमाईलो गर्न हिडेको वताएका छन् भने कतिपयले भने क्वाटर छोड्नका लागि आउने दवावबाट जोगिन टाइम पास गर्न हिडेको भन्दै आलोचना गरेका छन् ।
झाँक्रीले भने ‘बावुसँग क्वालिटी टाईम विताउँदै’ भने फेसवुकमा लेखेकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले १२ असारमा मन्त्रिपरिषद् हेरफेर गर्दा झाँक्री सरकारबाट हटाईएकी थिईन। उनको ठाउँमा मेटमणी चौधरी शहरी विकास मन्त्री भएका छन् । झाँक्री र चौधरी दुवै नेकपा एकीकृत समाजवादीका नेता हुन् ।
मन्त्रालयमा झाँक्रीको विदाईका लागि आयोजित कार्यक्रममा उनले करिव आधि घण्टाको समय रोएरै विताएकी थिईन। पार्टीले सरकारबाट फिर्ता वोलाउने निर्णय गरेपनि आफुहरुलाई नहटाउन आग्रह गर्दै प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दवाव दिन थालेपछि उनको आलोचना भएको थियो।
यति गर्दा पनि धर नपाएपछि उनी रुदै मन्त्रालयबाट वाहिरिएको घट्ना अझै आलोचित भयो। अहिले मन्त्री क्वाटर नछोडेर उनी आलोचना खेपीरहेकी छिन् ।
यो पनि,
झाँक्रीले सरकारी क्वाटर नछोड्दा मन्त्री चौधरीलाई समस्या