News

भारतीय राष्ट्रपति मुर्मुको नामको ट्वीटर अनाधिकृत, मुर्मुको ट्वीटर एकाउण्ट छैन

भारतीय राष्ट्रपति मुर्मुको नामको ट्वीटर अनाधिकृत, मुर्मुको ट्वीटर एकाउण्ट छैन


नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई विहिवार बधाई तथा शुभकामना दिए। देउवाले ट्वीटरमार्फत बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले दिएको बधाइको जवाफ दिँदै शुक्रवार राष्ट्रपति मुर्मुको ट्वीटर एकाउण्टबाट भारत र नेपालबीचको मित्रता एवं सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरिएको छ। यो जवाफलाई नेपालका धेरै संचार माध्यमले समाचार पनि बनाए ।

तर, उक्त ट्वीटर एकाउण्ट भारतीय राष्ट्रपति मुर्मुको नभएको जनाईएको छ। भारतीय नवनिर्वाचित रास्ट्रपति मुर्मुको कुनै ट्वीटर एकाउण्ट नभएको र उनको नाममा गरिएको कुनै पनि ट्वीट पनि आधिकारिक नभएको जनाईएको छ।

भारतको ओडिसाकी द्रौपदी मुर्मु विहिवार भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी हुन। विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मुल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मुल्य कटाएकी थिइन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन् । 

द्रौपदी मुर्मू

विशेष