राष्ट्रपतिबाट कैद मिनाहा पाएका आरोपीद्वारा छुटेको दुई महिनामै अर्को हत्या
![राष्ट्रपतिबाट कैद मिनाहा पाएका आरोपीद्वारा छुटेको दुई महिनामै अर्को हत्या](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/rambahadur.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले असल चालचलन भएको भन्दै कैद मिनाह गरेको दुई महिना नपुग्दै महोत्तरीका एक ब्यक्ति अर्को हत्या आरोपमा पक्राउ परेका छन् । ०५३ सालमा ब्यक्ति हत्याको आरोपमै पक्राउ परेर कैद भुक्तान गरिरहेका उनी गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा छुटेका थिए।
कैद मिनाहा पाएका रामनाथ दास जेलबाट छुटेका ५० औँ दिनमा अर्का व्यक्तिको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय रामबहादुर दासको विभत्स हत्या गरेको उनीमाथि आरोप लागेको छ।
पिपरा ५ सहोडवाबाट एकहरिया जाने बाटोमा पर्ने आँप बगैँचामा सुतिरहेका रामवहादुरलाई रामनाथले कोदालोले हानेर हत्या गरेको जनाईएको छ। प्रहरीका अनुसार खेतमा पानी लगाउन कोदालो लिएर निस्किएका उनले सुतिरहेका रामबहादुरलाई घाँटीमा हानेर हत्या गरेका हुन।
०५३ चैत ११ गते तत्कालीन सहोडवा गाविसका रामविलास दासलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा जेल परेका रामवहादुर करिब ७ वर्ष जेल बसेपछि जेठ १५ मा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेका थिए ।
५० प्रतिशत कैद बसिसकेका कैदीलाई उनीहरूको आचरणमा सुधार भएअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गर्ने व्यवस्था छ । जघन्य किमिसका मुद्दाबाहेक अन्य मुद्दाका कैदीको चालचलन असल भएमा ५० प्रतिशतसम्म कैदकट्टी हुने ब्यवस्था छ।