News

एक महिना थाईल्याण्ड वसेर स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र

एक महिना थाईल्याण्ड वसेर स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र

नातिनीहरुको ग्य्राजुएसनका लागि थाईल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार परिवारसहित स्वदेश फर्केका छन् । 

एक महिनाको थाइल्यान्ड बसाइबाट फर्केका पुर्वराजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। उनी पूर्वरानी कोमलसहित बैँककबाट काठमाडौँ फर्केका हुन।

उनीहरुसँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि स्वदेश फर्किएकी छन्। उनीहरुलाई सयौँको संख्यामा शुभेच्छुकहरुले विमानस्थलमा स्वागत गरेका थिए।

पूर्वराजदम्पति नातिनीहरु पूर्णिका र कृतिकाको ग्य्राजुएसनका लागि थाइल्यान्ड पुगेका थिए।

ज्ञानेन्द्र शाह

विशेष