News

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता

पाँचथरमा पहिरोले घर पुरिँदा ३ जना वेपत्ता भएका छन्। शुक्रवार राती करिव १० वजे माथिबाट खसेको पहिरोले फालेलुङ गाउँपाकिा–७ का दलवहादुर मगरको घर पुरेको थियो।

बिहिदिन बजारनजिकै रहेको मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका सिडिओ सुरेश न्यौपानेले बताए। स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेको उनले जानकारी दिए।

पहिरोले दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता बनाएको छ। दलबहादुर भने सकुशल छन्, उनलाई स्थानीयले तत्कालै उद्वार गरेको प्रहरीले जनाएको ।
 
 

पहिरो

विशेष