News अपराध सुरक्षा

जागिर दिन्छु भन्दै उपमेयरले महिलालाई बलात्कार गर्न खोजेपछि...

जागिर दिन्छु भन्दै उपमेयरले महिलालाई बलात्कार गर्न खोजेपछि...

लहान नगरपालिकाका उपमेयर राम चलितर महतोले जागिर लगाई दिने वहानामा एक महिलालाई वलात्कार गर्न खोजेको आरोप लागेको छ। ती महिलाले महतो विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जबरजस्ती करणी उद्योगको किटानी जाहेरी दिएकी छिन् ।

महतोले जागिर लगाइदिने भनेर ती महिलालाई आफ्नै कार्यकक्षमा लगेर बलात्कार गर्न खोजेको आरोप छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार सुरुमा उनीहरुबीच कार्यालय बाहिरै कुराकानी भएको थियो। त्यसपछि महतोले आफ्नो कार्यकक्षको गोप्य कोठामा लगेर महिलालाई बलात्कर गर्न खोजेको वताईएको छ।

जानकारी अनुसार ती महिलाले नगरपालिकामा कम्प्युटर अपरेटर पदका लागि निवेदन दिएकी थिईन। दुई दिन अगाडि मात्र दर्ता भएको जाहेरी अनुसार यो घट्ना गत जेठ महिनाको घटना हो । उनले तत्कालै उजुरी दिन खोजेपनि प्रहरीले उजुरी लिन नमानेको बताएकी छिन् । पछिल्लो पटक भने उनी अधिकारकर्मीहरुको पहलमा उजुरी दर्ता सफल भएकी छिन् । उजुरी दर्ता भएपछि महतो सम्पर्कविहीन छन् । उनको मोबाइल फोन पनि स्विच्ड अफ छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने जनाएको छ। महतो स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीका उपमेयरमा निर्वाचित भएका थिए । 

यो पनि,

लहान नगरपालिका वलात्कार राम चलितर महतो

विशेष