News राजनीति

लामिछाने भन्छन्– म अहिलेका नेतालाई जेल हाल्न राजनीतिमा आएको हुँ

लामिछाने भन्छन्– म अहिलेका नेतालाई जेल हाल्न राजनीतिमा आएको हुँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताएका छन् । 

शनिवार पोखरामा आयोजित गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्दै लामिछानेले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको बताए । मंसिरमा हुने चुनावको लागि आफु ब्यग्रह प्रतिक्षामा रहेको पनि वताए । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित टिप्पणी गर्दै देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने बताए । ‘तिम्रा ज्योतिष देखाएर मिति तोक । ज्योतिषा तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ’ उनले भने–‘ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतीक्षामा छु । तिम्रा ज्योतिषले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ ।’

कुनै लोभ डर नराखी आम सर्वसाधारणको जीवन बदल्न सकिन्छ भनेर राजनीतिमा लागेको वताएका उनले सिद्धान्तका ठेलीमा आफुलाई विश्वास नभएको पनि जिकिर गरे। लामिछानेलाई राजनीति आउँदैन भन्दै टिकाटिप्पणी हुने गरेको वताउँदै उनले आफुलाई वेथिती विरुद्ध लड्न र समस्यामा परेकाहरुलाई सहयोग गर्न आउने दावी गरे।

‘यसलाई राजनीति आउँदैन भन्दैछन्। हो, मलाई राजनीति आउँदैन र राजनीति गर्नु पनि छैन। मलाई विदेशमा बेचिएका चेलीलाई नेपाल ल्याउन आउँछ, राजनीति आउँदैन। मलाई यहाँ ठगिएको मान्छेलाई जेलभित्र कोच्ने नीति बनाउन आउँछ, राजनीति आउँदैन।’– उनले भने।

सिद्धान्तका किताव लेख्न मसी सकिएर नसकेको होईन भन्दै उनले त्यस्ता मसीमा विश्वास नगरेर नलेखिएको जिकिर गरे। उनले भने–‘सिद्धान्तका मोटा किताब लेख्न मसी सकिएको होइन, हामी त्यस्ता मसीमा विश्वास गर्दैनौं।’

रवि लामिछाने

विशेष