News राजनीति

ओलीको आरोप– सत्ता गठवन्धन विदेशीले बनाई दिएका हुन

ओलीको आरोप– सत्ता गठवन्धन विदेशीले बनाई दिएका हुन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउन विदेशीले नेपालमा गठवन्धन वनाई दिएको आरोप लगाएका छन् । 

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले देशी÷विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका हुन।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको दावी गरे। प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको उनको भनाई थियो।

‘आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा प¥यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्ग पक्षीय विचारहरू, मजदुर वर्ग पक्षीय हितहरू, मजदुर पक्षीय सङ्गठनहरू, संस्थाहरू, मजदुर वर्ग पक्षीय आन्दोलनहरू, तीनलाई कमजोर पार्ने प्रयासहरू । किनभने अन्तिममा समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य कसको हो त ?’– उनको प्रश्न थियो।

‘यो सम्पन्न सम्भ्रान्त वर्गको गन्तव्य त होइन । उसका लागि अहिले नै समृद्धि छदै छ नि ।  उनीहरूको गन्तव्य त होइन त्यो । यो गन्तव्य मजदुर वर्गीय गन्तव्य हो । श्रमिक वर्गीय गन्तव्य हो । श्रमजीवी वर्गीय गन्तव्य हो’ उनले भने–‘अहिले पनि जो मानवोचित जीवन जिउन वञ्चित छन् । निरपेक्ष गरिबिको रेखामुनि छन् । अथवा रोजगारीको अवसरबाट वञ्चित छन् । अथवा जीवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट वञ्चित छन् । सहज जीवन जिउन सकिरहेका, पाइरहेका छैनन् । तीनका निम्ति समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकाङ्क्षा आवश्यक छ । र, त्यो वास्तवमा त्यस वर्गका लागि आवश्यक छ ।’

ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकताबद्ध, प्रतिबद्ध र ऐक्यबद्ध रहेको पनि बताउनु भयो । 
 

केपी शर्मा ओली

विशेष