News

नागरिक्ता विधेयकको जस लिन मधेश झरे प्रचण्ड

नागरिक्ता विधेयकको जस लिन मधेश झरे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक पारित गरेर आफनो पूर्व प्रतिवद्धता पूरा गरेको बताएका छन्। शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिक्ता समस्या समाधान गर्ने प्रतिबद्धता पुरा गरेको वताए ।

यदी यो नागरिकताको विधेयक पारित नभएको भए लाखौं युवाहरू नागरिकताबिहीन हुने अवस्था आइसकेको बताएका दाहालले भने– ‘मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिले तराई मधेशको यो नागरिकता समस्या आउने सदनमा हरहालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ। माओवादी केन्द्रले हिजो जे तपाईहरूको अगाडि प्रतिबद्धता व्यक्त गरेको थियो। त्यो प्रतिबद्धता हिजोबाट पूरा गरिएको छ।’ 

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको भोलिपल्ट मधेस प्रदेश पुगेका दाहालले त्यसको जस लिन छुटाएनन्।

दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बलियो बनाउन पनि आग्रह गरे। ‘परिवर्तनका एजेन्डा स्थापित गर्ने पार्टीलाई बलियो बनाएरमात्रै जनताको समृद्धिको आकांक्षा पूरा हुनेछ। गणतन्त्र सम्भव छैन भनेर कराउने मान्छे चिन्नुभएको छ । संघीयताविरुद्ध प्रचार गर्ने मान्छे पनि चिन्नुभएकै छ’ उनले भने–‘गत सालमा संविधान खारेज गरी संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र प्रतिगमनतिर देशलाई लैजाने, मुस्लिम, दलित, आदिवासी, मधेसीले पाएको अधिकार खारेज गरियो। त्यो आन्दोलन गरेर प्रतिगमन असफल पारियो ।’

अहिले पनि मुलुकमा संघीयता र गणतन्त्र असफल पार्ने षड्यन्त्र भइरहेको उनले जिकिर गरे। तर, कसले त्यस्तो गरिरहेको हो भन्ने विषय भने उनले उल्लेख गरेनन्।

पुष्पकमल दाहाल नागरिकता विधेयक

विशेष