News

प्रचण्डले खोले आरजु प्रधानमन्त्री र शेरवहादुर राष्ट्रपति बन्ने कुराको पोल

प्रचण्डले खोले आरजु प्रधानमन्त्री र शेरवहादुर राष्ट्रपति बन्ने कुराको पोल

नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि आरजु देउवालाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने कुरा ‘गिरोहले गरेको आपराधिक हल्ला’ भएको बताएका छन्। 

शनिवार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी त्यस्तो प्रचारमा कुनै सत्यता नभएको बताए । ‘यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन’– उनले भने।

असार ३१ गतेदेखि तीन दिने भारत भ्रमण गरेका दाहालले सो क्रममा दिल्लीमै रहेकी आरजु देउवासँग दुई पटक भेटवार्ता गरेका थिए । ‘उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रियस्तरमा पनि प्रचार भएछ’ उनले भने–‘यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमूलक कुराबाट जोगिनुहोला ।’

दाहालले प्रदेश र संघको निर्वाचनमा सरकारमा सहभागी वामपन्थी दलहरूबीच गठबन्धन हुने बताएका छन् । उनले त्यसका लागि गृहकार्य भइरहेको पनि बताए ।

यो पनि,
नागरिक्ता विधेयकको जस लिन मधेश झरे प्रचण्ड

विशेष