News स्वास्थ्य

सुविधा सम्पन्न अस्पतालका स्वास्थ्य सेवा अव बस भित्रै

सुविधा सम्पन्न अस्पतालका स्वास्थ्य सेवा अव बस भित्रै

नेपालीले विदेशमा मात्रै देखेको सुविधा सम्पन्न ‘अस्पताल बस’ अव प्रयोग गर्न समेत पाउने भएका छन् । भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, छवटा सुविधायुक्त शय्या र सिसीक्यामेरासहितका बस अव नेपालमै सञ्चालन हुने भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारी साधनलाई नेपालमा भित्र्याएको छ। एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्न सकिने शाधनसहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको हो ।

यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनको जिम्मा सशस्त्र प्रहरी बललाई दिईएको छ। यी गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त भएका हुन। मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसनको पैसा परेको छ ।

अबका विपत्तिमा यी गाडीले नेपालमा पनि सेवा दिने जनाईएको छ। चिकित्सक नहुँदा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । यी वस विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए । 


गृहमन्त्री बालकृष्ण खाणले शनिबार नै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरे । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ । 

कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहने हाम्रो मुलुकमा कोभिड–१९ जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ । त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुने जानकारहरु वताउँछन्।

गाडी एउटाको झण्डै रु एक करोड पर्ने बताइएको छ । 

अस्पताल बस

विशेष