News

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिवसहित २० भन्दा वढि केन्द्रीय सदस्य निर्विरोध

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिवसहित २० भन्दा वढि केन्द्रीय सदस्य निर्विरोध

नेपाल प्रेस युनियनको जारी हेटौंडा महाधिवेशनमा एक उपाध्यक्ष, तीन सचिवसहित र दुई दर्जन हाराहारीमा केन्द्रीय सदस्य  निर्विरोध निर्वाचित भएका छन् ।

समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम, खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु र मधेशी महिलामा सुधा देव पनि निर्विरोध भएका छन्।

आदिवासी जनजातितर्फ निमा लामा, सुवासकुमार सुनुवार र छविलाल माल, आदिवासी महिलातर्फ रीता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री निर्विरोध भएका छन्।

बागमती प्रदेशबाट महिलातर्फ आत्मा गुरागाईं र रमा लुइटेल, गण्डकीबाट कृष्णकुमारी ढकाल र मायाकुमारी अधिकारी, सुदूरपश्चिमबाट जमुना न्यूरे र निर्मला भट्ट, काठमाडौं उपत्यकाबाट तेजना पण्डित पनि निर्विरोध भएका छन्। 

अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षसहित अन्य पदका लागि आज मतदान हुँदै छ । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारी तथा महासचिवमा जगन्नाथ दुलाल र दिलीप पौडेल प्रतिस्पर्धामा छन्। 


 

नेपाल प्रेस युनियन

विशेष