News

दुर्गा प्रसाई भन्छन्– सि चीन फिङ र नरेन्द्र मोदीलाई सँगै डिनर गराउँन सक्छु

दुर्गा प्रसाई भन्छन्– सि चीन फिङ र नरेन्द्र मोदीलाई सँगै डिनर गराउँन सक्छु

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल ब्यवसायी दुर्गा प्रसाईले चीनका राष्ट्रपति सि चीन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सँगै राखेर मार्सी चामलको भात खुवाउन सक्ने क्षमता आफुसँग भएको दावी गरेका  छन् ।

एउटा टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिने क्रममा प्रसाईले आफुसँग त्यो क्षमता रहेको र त्यो वेला पनि आएको दावी गरे । केपी शर्मा ओलीसँग नजिक भएकाले एमालेको केन्द्रीय सदस्य भएको भन्दै प्रश्स्तोताले ‘केपी ओली र पुष्पकमल दाहाललाई मार्सी भात पनि खुवाउनु भएको थियो नी’ भन्ने टिप्पणीको जवाफ दिने क्रममा उनले यस्तो वताएका हुन।

‘नेपाललाई बचाउनका लागि, नेपालको समृद्धि र विकासका लागि भारत र चीनको समर्थन अनिवार्य छ। तपाई सि चीन फिङ र नरेन्द्र मोदीलाई सँगै डिनर गराउँन सक्नु हुन्छ त?’ भन्ने प्रश्नमा उनले आफुले त्यो गर्न सक्ने र समयको माग पनि त्यस्तै वन्दै गएको वताए ।

यसअघि पनि कसैले सोच्दै नसोचेको काम आफुले गरेको उनले वताए । ‘कसैले पत्याएको थियो, दुवईको राजकुमार÷अधिराजकुमारलाई नेपाल ल्याउन सक्छ भनेर कसैले तागत राखेको थियो ?’ भन्दै उनले आफनो क्षमताको उदाहरण दिए ।

दुवईका राजकुमारको चर्चा चलेपछि प्रश्तोताले सुनको लौरोको प्रसंग पनि उठाए । ‘टिकाटिप्पणी के पनि आए भन्दाखेरी। दुर्गा प्रसाई भनेको एउटा नाटककार हो, उसँग धेरै किसिमको क्षमता छ। वहाँले चै त्यो सुनको लौरो तयार पारेर राजकुमारलाई दिनु भो र मलाई उपहार दे भनेर भन्नु भो भन्ने चर्चा पनि छ नी वाहिर मान्छेको’ भन्दै प्रस्तोताले जिज्ञासा राखेपछि उनले टिकाटिप्पणी गर्नेलाई गर्न दिनुपर्ने वताए । ‘चर्चा गर्नेलाई चर्चा गर्न दिनोस न, वहाँहरु त्यसैमा रमाउनु हुन्छ। ठिक छ, त्यसमा केही छैन’ भन्दै उनले जवाफ फर्काए।
 

दुर्गा प्रसाई

विशेष