News राजनीति

गणतन्त्र र संघीयता उल्टाउन दुई तिहाई चाहिँदैनः लिङ्देन

गणतन्त्र र संघीयता उल्टाउन दुई तिहाई चाहिँदैनः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई तुहाई वहुमत नभएपछि गणतन्त्र र संघीयता उल्टाउन सकिने जिकिर गरेका छन् ।

आईतवार आयोजित एक अन्तरक्रियामा बोल्दै लिङदेनले संघीयता र गणतन्त्र उल्टाउन दुई तिहाई वहुमतको आवश्यक्ता नपर्ने वताएका हुन।

‘यो प्रणाली बदल्नका लागि सांसदको दुई तिहाइ बहुमत ल्याइरहनु पर्दैन । हामीले निश्चित संख्याको शक्ति आर्जन गर्दा हुन्छ ।’ लिङ्देनले भने। उनले यो विषयमा थप ब्याख्या भने गरेनन् । देशलाई विकास र समृद्धितर्फ लैजान नेतृत्व मात्र नभएर राजनीतिक प्रणालीमै परिवर्तन गर्नुपर्नेमा उनको जोड छ।

उनले अहिले हिँडिहेको बाटोबाट देश दुर्घटनातर्फ जाने चेतावनी दिएका छन् । ‘कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने खतरा छ । त्यसैले देशलाई दुर्घटनाबाट जोगाउन चाहनेहरु एक ठाउँमा उभिने समय आयो । अन्यथा यो बाटोले हामीलाई पतनतर्फ लैजान्छ,’ लिङ्देनले भने ।
 

राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देन

विशेष