News

कोरोना संक्रमणका कारण २ जनाको मृत्यु, २२ जना आईसीयुमा र २ जना भेन्टिलेटरमा

कोरोना संक्रमणका कारण २ जनाको मृत्यु, २२ जना आईसीयुमा र २ जना भेन्टिलेटरमा

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ३४७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

९५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ । २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।
 

विशेष