३ वर्षिया बालिका बलात्कार गरी भिरबाट घुनेत्रो हान्ने युवक पक्राउ
![३ वर्षिया बालिका बलात्कार गरी भिरबाट घुनेत्रो हान्ने युवक पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/username-4_4/2021/12/rape-crime-balatkar-nepalaaja-394.jpg)
तीन वर्षिया बालिकालाई बलात्कार गरी भिरबाट घुनेत्रो हान्ने दाङका एक युवक पक्राउ परेका छन्।
बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो। उनी विरुद्ध ३ वर्षिया बालिकाको बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोप छ।
प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट घुनेत्रो हानेका थिए ।
बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बालिकालाई बलात्कार गरेको बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले बताए ।
बालिकाको उद्वार गरी थप उपचारका लागि नेपालगञ्ज पठाइएको अर्यालले वताए ।