पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु, १७ जना घाईते
![पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु, १७ जना घाईते](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/accident-a4428.jpg)
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आइतबार अपराह्न लु १ ख ५९५२ नम्बरको दुर्घटनामा परेको हो।
गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको बस दुर्घटना हुँदा ३ महिला, ३ पुरूष गरी ६ जनाको मृत्यु भएको एसपी जनकबहादुर शाहीले जानकारी दिए । मृतकको सनाखत भएको छैन । मृतकको संख्या बढ्न सक्ने आशंका छ।
दुर्घटनामा घाइते भएका १७ जनाको तानसेन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
बस सडकबाट डेढ सय मिटर तल खसेको छ।
प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । प्रहरीका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो ।