प्रेस युनियनको अध्यक्षमा इतर समुहका शिव लम्साल विजयी
नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन इतर समुहका शिव लम्साल विजयी भएका छन् ।
महाधिवेशनमा संस्थापन पक्षबाट अनिता बिन्दुले अध्यक्षमा उम्मेदवारी दिएकी थिइन। जसमा बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् ।
पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल समुहकै उम्मेदवार विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्षमा नकुल अर्याल, महासचिवमा दिलिप पौडेल, कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।
८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्साल दोश्रो पटकको प्रयासमा अध्यक्ष निर्वाचित भएका हुन।