News

बाख्रा चराउन गएकी महिलाको कसरी भयो मृत्यु ?

बाख्रा चराउन गएकी महिलाको कसरी भयो मृत्यु ?

सिरहामा दुई दिनदेखि वेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। बाख्रा चराउने क्रममा हराएकी विष्णुपुर गाउँपालिका–२ की ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ फेला परेको हो।

स्थानीय कटनियाँ खोलामा उर्मिलाको शव फेला परेको प्रहरीले जनाएको छ । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

विशेष