News

एउटै रुपमा झुण्डिएको अवस्थामा फेला पर्यो तीन किशोरीको शव

एउटै रुपमा झुण्डिएको अवस्थामा फेला पर्यो तीन किशोरीको शव

सांकेतिक फोटो।

झापाको कचनकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । पाठामारीको बेल्लेगाउँ नजिकै रहेको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा उनीहरु झुण्डिएको अवस्थामा फेला परेका हुन।

गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीका अनुसार जिङ खोला किनारमा ढल्केको रूखमा उनीरू तीनै जनाको शव फेला परेको छ।

मृतकहरु स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना रहेको प्रहरीले जनाएको छ। उनीहरू बिहान करिब साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। एक जना गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेर झुण्डिएको जनाईएको छ।

उनीहरु तिनै जना चिया बगानका मजदुर रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले वताए । 

उनीहरुले सामूहिक आत्महत्या गरेको हो वा हत्या भएको भन्ने विषय अहिलेसम्म खुलेको छैन। 
 

विशेष