News

विश्वचर्चिच म्यागजिन भगको कभर पेजमा नेपाली मोडल अञ्जलीको फोटो

विश्वचर्चिच म्यागजिन भगको कभर पेजमा नेपाली मोडल अञ्जलीको फोटो

विश्वचर्चित फेसन म्यागजिन भगको कभर पेजमा नेपाली सुपरमोडल अञ्जली लामाको फोटो छापिएको छ। यसअघि फेसन डिजाइनर प्रबल गुरुङको फोटो भगले कभर पेजमा छापेको थियो।

भगको कभरमा आफनो फोटो आउनु फेसनकर्मीको सपना हुन्छ। यो म्यागजिन भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीको फोटो छ। भगलाई ‘फेसनको बाइबल’ समेत मानिन्छ।

अल्पसंख्यक लैंगिक समुदायबाट मोडलिङ गरिरहेकी अञ्जलीले न्युयोर्क फेसन विकमा ¥याम्प नापेकी छन् । उनले हालै छायांकन सम्पन्न एक बलिउड–हलिउड संयुक्त लगानीको फिल्ममा पनि कालाकारको रुपमा पनि काम गरेकी छिन् ।

भगको कभर पेजमा फोटो छापिने दोस्रो नेपाली बन्न सफल अन्जलीले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग स्क्रिन सेयर गरेकी छन् । भगको कभरस्टोरीमा ‘क्ओल चु’ ले ‘लामाको व्यक्तिगत र व्यावसायिक यात्राको कथा विश्वले थाहा पाउनु जरुरी छ’ भन्दै लेखेकी छिन् ।

भगसँग कुरा गर्दै अन्जलीले भनेकी छिन्– ‘मलाई थाहा छ कि अल्पसंख्यक लैंगिक समुदायबारेमा चेतना फैलाउन फेसनले उत्कृष्ट माध्यमको रुपमा काम गर्न सक्छ। म फेसनमार्फत आफ्नो पहिचान बताउन सक्छु । यसैमार्फत नाम कमाएकी छु । मिडियाले वार्तालाप सुरु गर्छ र सामाजिक मूल्यमान्यता र विचारलाई आकार दिन ठूलो शक्ति राख्छ ।’
 

अञ्जली लामा

विशेष