News

यात्रु बस र स्कुटरमाथि रुख ढल्यो: तीनको मृत्यु, १३ जना घाईते

यात्रु बस र स्कुटरमाथि रुख ढल्यो: तीनको मृत्यु, १३ जना घाईते

भक्तपुरमा ढुख ढलेर यात्रु बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ। भक्तपुरको भक्तपुर नगरपालिका– १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको हो ।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य १३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको भक्तपुरका सिडिओ रुद्रादेवी शर्माले बताइन् । घाइतेहरुलाई भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ। रुखले किचेर स्कुटर कच्याककुचुक भएको छ। क्रेनको सहयोगले रूख हटाउने काम गरिरहेको छ। 

विशेष