News

जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई लागेको आरोपको छानबिन गठित संसदिय विशेष समितिले अनुसन्धानका अन्य विकल्प पनि प्रयोग गर्न थालेको छ। पहिलो पटक पाएको समय अवधि सकिदा पनि शर्मा माथि लागेको आरोप पुष्टि गर्ने क्लु समेत फेला नपारेको समितिले अनुशन्धानका अन्य विकल्प प्रयोग गर्न थालेको हो।

आज बसेको छानबिन समितिको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि सिंह दरवारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ।

अर्थमन्त्री शर्माले अनाधिकृत ब्यक्ति मन्त्रालयमा छिराएर ब्यापारी लक्षित वजेट वनाएको र सिसिटिभी फुटेज मेटाएर प्रमाण नष्ट गरेको आरोप लागेपछि संसदमै उनको राजीनामा मागिएको थियो । शर्माले राजीनामा नदिने अडान लिएका थिए । संसदले उनको विषयमा छानविन गर्न समिती गठन गरेपछि उनले सोही दिन राजिनामा दिए ।


छानविन समितिमा उनले बयान समेत दिइसकेका छन् । उनले आफुले कुनै गलत काम नगरेको वयान दिएका छन् । हालसम्म करिव १ दर्जन ब्यक्तिसँग छलफल र वयान लिएको समितिले अनुसन्धानलाई बल दिने कुनै पनि कुरा फेला नपारेपछि गेटको फुटेज मगाउने निर्णय गरेको हो ।

छानबिन समितिमा एमालेका ४, कांग्रेसका २, माओवादीका २ एकीकृत समाजवादीका १, लोकतान्त्रिक समाजवादीका १ र जनता समाजवादी पार्टीका १ सांसद रहेका छन् । यदि बहुमत–अल्पमतका आधारमा निर्णय लिनुपर्ने अवस्था आएको खण्डमा सत्तापक्षी सांसदहरूको लाइन पारित हुनेछ ।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक छन् । कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् । 

यो पनि,

जनार्दन शर्मा संसदीय समिति

विशेष