News

भारती सेनाको ‘अग्निपथ योजना’ का विषयमा भीम रावलले मागे सरकारको जवाफ

भारती सेनाको ‘अग्निपथ योजना’ का विषयमा भीम रावलले मागे सरकारको जवाफ

नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ योजना’ का विषयमा सरकारको जवाफ मागेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन भनेर सरकारसँग जवाफ मागेका हुन। भारतले नयाँ योजना अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरेमा ‘गोर्खा भर्ती सन्धि’ विरुद्ध हुने र त्यो सन्धी खारेज गर्ने प्रक्रियामा लाग्नु पर्ने रावलको भनाई छ।

‘भारतले अग्निपथ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न ?’ रावलले भने–‘त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ । त्यसो गरिएमा नेपालले गोर्खा भर्ती सन्धि खारेजको बाटोमा जानुपर्छ ।’

गोर्खा सैनिकमा भर्ना हुन तयार नेपाली युवालाई नेपाल सरकारले उक्त योजनाबारे जानकारी दिनुपर्ने रावलले वताए । भारतले यसै वर्षदेखि सेनामा ४ वर्ष मात्रै काम गर्न पाउने योजना अगाडि सारेको छ । सेनामा भर्ती भएपछि ४ वर्षमा निवृत्त हुने योजना भारतमा लागू भएको छ ।

सरकारले ल्याएको उक्त योजनाको देशव्यापी रुपमा विरोध भएको थियो । 
 

विशेष